कुवेतमा एक नेपाली २ महिना देखि अचेत अवस्थामा
advertisement




कुवेत- कुवेतमा एक नेपाली २ महिना देखि अचेत अवस्थामा उपचार गराईरहेका छन् ।

नवलपरासी जिल्ला जमुनिया गाबिस- ८ घर भएका ४५ बर्षिय भगिरथ चापागाई कुवेतको आदान अस्पतालमा आइसीयु कक्षमा उपचार गराईरहेका हुन् ।

गत जनवरी ६ तारिखमा कुवेतको महाबुल्लामा बेलुकाको करिब ७ बजे बाटो काट्ने क्रममा कारको ठक्करबाट सख्त घाइते भएका उनलाई कुवेती प्रहरीले आदान अस्पतालमा भर्ना गरेको थियो ।

तिब्र गतिमा आएको कारको ठक्करले उनको पेटमा गहिरो चोट लागेको छ । ४ पटक सम्म पेटको अपरेसन गरिसकेको भएपनि स्वास्थ्यमा भने कुनै सुधार आएको छैन ।

भबिस्यको सुन्दर सपना बोकी २० नम्बर (खादिम) भिसामा १ बर्ष पहिले मात्र कुवेत आएका उनी केहि समय पहिला अर्को कम्पनीमा गएका थिए भने कम्पनिले मासिक तलब मात्र दिने भएकाले अहिले सम्म कुनै संघसंस्था वा व्यक्तिले सहयोग नगरेको भगिरथ हेरचाह गरिरहेका शिव पराजुलीले रातोपाटीलाई जानकारी दिएका छन् ।

आर्थिक अवस्था अत्यन्तै कम्जोर रहेका कारण सहयोगको लागि नेपाली दुताबास कुवेत, क्रियाशील नेपाली सामाजिक संघसंस्था तथा कुवेतबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई अनुरोध गरिएको छ ।

advertisement




0 comments

Post a Comment