मधेश बन्दको असर कतै प्रर्दशन, कतै तोडफोड, जनजीवन प्रभावित
advertisement




वीरगन्ज – सप्तरीमा प्रहरीको गोली लागेर मधेशी मोर्चाका कार्यकर्ताको मृत्यु भएको बिरोधमा मधेसी मोर्चाले दुई दिन मधेश बन्द गरेको छ । बन्दको प्रभाव विहानैदेखि देखिएको छ ।

अाज पनि तराइमा जनजीवन प्रभावित भएको छ ।
सप्तरीमा सोमबार मधेशी मोर्चा र प्रहरी बिच भएको झडपमा प्रहरीको गोली लागेर आफ्ना कार्यकर्ताको मृत्यु भएको बिरोधमा मधेशी मोर्चाले बन्द आव्हान गरेको हो । मोर्चाका कार्यकर्ताले मंगलबार वीरगन्ज पनि बन्द गराएका छन् ।

आज विहानैदेखि ठुला सवारी साधन चलेका छैनन् भने शैक्षिक संस्था , कलकारखाना , पसलहरु बन्द भएका छन् ।

मंगलबार आह्वान गरिएको मधेस बन्दलाइ सफल पार्नका लागि संयुतm लोकतान्त्रिका मधेशी मोर्चाका कार्यकर्ताहरुले विहानै देखी वीरगंजको घण्टाघर , हिमालय आयरन ,परवानीपुर ,गण्डक चौक, प्रतिमा चौक, बसपार्क चौक, मुर्ली चौक, माईसथान नगवा चौक, भंसार लगायतका ठाउँमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।

बन्दको अवज्ञा गरेको भन्दै मधेसी मोर्चाका कार्यकर्ताहरुले घण्टाघर चौकमा ना.५.ख १८९५ नम्बरको ट्रक तोडफोड समेत गरेका छन् ।

पर्साको पोखरीया नगरपालिकामा पनि विहानदेखी टायर बकालेर विरोध प्रदर्शन गरीरहेका छन् ।

त्यसैगरी मधेशी मोचौले मंगलबार पोखरीया बजार पनि बन्द गरेको छ । पोखरीया नगरपालिकामा पनि सवारी साधान , शैक्षिक संस्था पनि बन्द रहेका छन् ।

मोर्चको निर्णय अनुसार मधेशमा कुटनीतिक बिभागका गाडी, विवाहको गाडी, शव वाहन , वारुण यन्त्र , दुध बोक्ने गाडी , संचारका गाडी तथा सरसफाई गाडी बाहेक सम्पूर्ण यातायातका साधन , कलकारखाना , संस्था, पसल बिधालय, क्याम्पसहरु बन्द गराएका छन् ।

advertisement




0 comments

Post a Comment