नाङ्गो जोगीलार्इ पुजा गर्ने हाम्रो समाजले हाम्रो प्रस्तुति माथि किन कुरा काट्ने?
advertisement




काठमाडौं । बिगत आठ बर्ष देखि नेपाली सिने संसारमा संघर्षरत नायिका मोडल रिया श्रेष्ठ अहिले सबै तिर भाईरल भएकी हट केक मोडल तथा नायिकाको रुपमा परिचित छिन ।

उनि भन्छिन धर्मको नाममा पशुपति क्षेत्रमा जोगी साधु बाबाहरु नांगै बस्ने अनि हिन्दु धर्ममा आस्था राख्नेहरु पुजा गर्दै शिर निहुराएर ढोग्न र आशिर्बाद लिन तछाड मछाड गर्न हुने तर हामी कलाकारहरुले कलाकारिता प्रस्तुत गर्दा किन कुरा काट्ने र नराम्रो बनाउने ।


रिया थप्छिन बिस्वको कलाकारिता ईतिहासमा कहाँ कुन ठाउमा चाहि हट एण्ड सेक्सी डान्स नभएको छ ? हामीले कलाकारितालाई सुन्दर रुपले प्रस्तुत गर्न र दर्शक श्रोताहरुको मागलाई मध्यनजर राख्दै अघि बढ्दा किन मानिसहरुको टाउको दुखाइ हुने ? यस्तै यस्तै गुनासो पोख्दै उनि भन्छिन मैले त्यस्तो नराम्रो गरे जस्तो लाग्दैन मात्र आफ्नो ब्यबसायिक कलाकारितालाई सुन्दरमा प्रस्तुत गरेको मात्र हो ।

लामो समयको संघर्ष पछि आफुलाई नृत्य, अभिनयमा पोख्त बनाइ यस सिने क्षेत्रमा आफ्नो नाम स्थापित गर्दै अगाडी बढेकी नायिका रिया श्रेष्ठले जन्जिर, बोस, त्रास, द रिटर्न हिरो, तृष्णा, लाल्टिन जस्ता चलचित्रहरुमा अभिनय गरिसकेकी छिन भने तिन दर्जन भन्दा बेसी म्युजिक भिडियो र दर्जनौ स्टेज कार्यक्रमहरुमा आफ्नो अभिनय मार्फत कला प्रदर्शन गरि सकेकी छिन ।

मोडलिङ संसार, रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ ।

त्यस्तै चाहना लिएर सिने संसारको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउन र एक दिन उचाइमा पुग्न उनि अहिले पनि दिनरात मेहनतका साथ लागि परेकी छिन ।

एकपटक फेरि हेर्नुस रियाकाे नृत्य>>>

advertisement




0 comments

Post a Comment