डल्लीबाट डेब्यू भएकि नायिकाकाे पर्सनल ‘डायरी’ यस्तो!
advertisement
नायिका छुल्ठिम गुरुङले आफ्नै ब्यानरमा बनाएको ‘डायरी’ जेठ ५ मा रिलिज हुने भएको छ । ‘नोभेम्बर रेन’ की सहनायिकाका रूपमा डल्लीबाट फिल्मी दर्शकमाझ नोटिस भएकी छुल्ठिम ‘डायरी’ मा भने सोलो नायिकाका रूपमा देखिँदै छिन् । त्यसो त फिल्मका निर्देशक अनिल योन्जनले पनि यही फिल्मबाट डेब्यु गर्न लागेका हुन् ।
नायिकाका रूपमा अग्रपंक्तिमा आफूलाई उभ्याएकी रेखा थापालाई पहिलो पटक ‘डायरी’ मा खलपात्रका रूपमा प्रस्तुत गरिएकाले पनि ‘डायरी’ दर्शकमाझ कौतूहल बनेको छ । त्यसो त फिल्ममा छुल्ठिम नायकका रूपमा डेब्यु गरिरहेका सन्नी सिंहसँग जोडी बनेर देखिन लागेकी हुन् । छुल्ठिमले सकभर कुनै पनि नेपाली फिल्मसँग जुध्नु उद्योगका लागि राम्रो नहुने ठानेरै अहिलेसम्म कुनै पनि फिल्मले रिलिज निश्चित नगरेको जेठ ५ लाई नै चुनेको बताइन् । वैशाख ३१ को स्थानीय निर्वाचनपछिको वातावरणले पनि फिल्मका लागि सहजीकरणको भूमिका खेल्ने फिल्म युनिटले विश्वास लिएको छ ।
यसअघि ‘डायरी’ ले यसै वर्ष रिलिज गर्ने लक्ष्य लिए पनि निर्देशक अनिलको स्वास्थ्य प्रतिकूल भएर समयमै प्राविधिक काम नसकिँदा आगामी वर्ष धकेलिन पुगेको बताइएको छ । यति बेला फिल्मको पोस्ट प्रोडक्सनको कार्य अन्तिम चरणमा पुगेको निर्देशक योञ्जनले बताए । ‘डायरी’ लाई रिभेन्ज लभ स्टोरी भनिएको छ ।

0 comments