लण्डन अाक्रमणमा नेपालीहरूकाे अवस्था के छ?
advertisement
बेलायतको लन्डनमा भएको आतंकवादी आक्रमणमा नेपालीहरु सुरक्षित रहेको नेपाली दूतावासले जनाएको छ । लण्डनको वेष्टमिनिष्टरमा स्थानीय समयअनुसार हिजो दिउँसो भएको आक्रमणमा एक प्रहरी अधिकृतसहित ५ जनाको मृत्यु भएको थियो ।
बेलायती संसद भवन नजिक भएको सो आक्रमणमा पैदल हिँडिरहेका कम्तीमा ४० घाइते भएका छन् । जसमध्ये १२ जनाको अवस्था गम्भीर रहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा हालसम्म कोही नेपाली परेको खबर नआएको लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले जनाए ।
दूतावासले यात्राका क्रममा सतर्कता अपनाउन त्यहाँ रहेका नेपालीलाई आग्रह समेत गरेको छ । आरणले बेलायत सरकारबाट हालसम्म सुरक्षा संवेदनशीलताबारे ‘अलर्ट’ नआएको जानकारी दिनुभयो ।
लण्डन प्रहरीले आक्रमण इस्लामिक उग्रवादीसँग सम्बन्धित रहेको जनाउँदै आक्रमणकारीको पहिचान भइसकेको बताएपनि विस्तृत विवरण भने दिएको छैन । प्रहरीले घटनालाई आतंकवादी आक्रमण भन्दै थप अनुसन्धान भइरहेको बताएको छ ।

0 comments