भारतमा अलपत्र रहेका ६ नेपाली बालकको उद्धार
advertisement

महिला तथा बालबालिका कार्यालयको सहयोगमा ती बालकलाई बुधबार राति भारतबाट नेपाल ल्याइएको हो। इलाम साङ्रुम्बाका रोशन विक, जनकपुरका सागिर अन्सारी, झापा पृथ्वीनगरका मिलन सार्की, भद्रपुरका विवेक साह, इलाम जीतपुरका रोशन विक तथा ठेगाना बताउन नसक्ने सुदिप राई र भुवन मगरको उद्धार गरिएको महिला तथा बालबालिका कार्यालयका प्रमुख इन्दिरा ओझाले जानकारी दिए।
उद्धार गरिएकाहरु ११ वर्षदेखि १५ वर्षसम्म उमेरका छन्। भारतको सिलिगुढी र न्यू जलपाइगुढीलगायत ठाउँमा अलपत्र अवस्थामा रहेका उनीहरुलाई भारतीय प्रहरीले सिलिगुढीस्थित बालगृहमा राखेको थियो।
अहिले उनीहरुलाई काँकडभिट्टास्थित माइती नेपालको पुनःस्थापना गृहमा राखिएको छ । 'ठेगाना पत्ता लागेकालाई सम्बन्धितको घरमा पुर्याइदिने र पत्ता लाग्न नसकेकालाई बाल गृहमा नै राख्छौँ,' ओझाले भने। रासस
advertisement
0 comments