गर्मी अायो, चर्को घाममा छालालार्इ जोगाउँन कस्तो सनब्लग राम्रो? जान्नुहोस
advertisement




घाममा लामो समयसम्म बस्दा वा हिँड्दा यसको विकिरणले छालालाई प्रत्यक्ष असर पार्दछ।

गर्मी मौसमको आगमनसँगै चर्को घामबाट छालालाई जोगाइराख्न त्यत्तिकै जरुरत पर्दछ। घामबाट बच्न बाहिर ननिस्किकन भित्रै बसी रहन पनि सकिँदैन। तर घाममा हिँडे पनि छालालाई डढ्नबाट जोगाउनका लागि थुप्रै उपायहरु अवलम्वन गर्न सकिन्छ।



आफ्नो छाला ‘ड्राई’, ‘नर्मल’ वा ‘ओइली’ कुन प्रकृतिको हो त्यसै अनुरुपको सनब्लक क्रिम लगाएर छालालाई विकीरण तथा डढ्नबाट केही हदसम्म बचाउन सकिने उनी बताउँछन्।  त्यस्तै मोइस्चराइजिङ क्रिमको प्रयोगले चाउरीपना तथा छालाजन्य केही रोगले गर्ने साइड इफेक्टबाट समेत सुरक्षित राख्ने गर्छ। त्यसो भन्दैमा जस्तो पायो त्यस्तै प्रकारका क्रिम भने प्रयोग गर्नु हुँदैन।

त्यस्तै क्रिमको मुहारमा प्रयोग गर्नुपूर्व हात, पाखुरा तथा घाम पर्ने अन्य अंगमा पनि थोरै मात्रामा लगाउन सकिन्छ। शरीरमा कुनै पनि प्रकारको प्रतिकूलता नल्याउने क्रिमलाई चाहेको स्थानमा लगाउन सकिने उनले जनाए ।
तर छालाको सफाईको लागि घरमा फलफूल पर्याप्त खाने, ति फलफूलको पेस्ट समेत बनाएर प्रयोग गर्न सकिने उनी बताउँछन्।

कस्ता सनब्लक क्रिम पाइन्छन् त बजारमा?
बजारमा विभिन्न कम्पनीका सनब्लक क्रिमहरु पाइन्छन्। राजधानीको असनस्थित लेडिज सोलुसन कस्मेटिक्सका प्रोप्राइटर रोशन उप्रेतीका अनुसार भारतबाट आयात हुने यस्ता क्रिमको पछिल्ला वर्षहरुमा बिक्री पनि
निकै बढ्दै गएको छ।

ओसिया ब्राण्डमा सबै खाले छाला तथा महिला वा पुरुष दुबैका लागि एसपिएफको मात्रा  १५ देखि ६० सम्म प्रतिडव्वा १ सय ८० रुपैयाँदेखि ५ सय रुपैयाँसम्मको मूल्यमा पाइन्छन्। ओइली छाला भएकाहरुका लागि न्युलुक ब्राण्डमा एसपिएफको मात्रा ३० देखि ५० सम्म भएका क्रिम पाइन्छ। प्रतिडव्वा ३ सय देखि ४ सय ५० रुपैयाँसम्मको मूल्य भएका यस्ता क्रिमहरु पाइन्छ।  उप्रेतिका अनुसार कुनै पनि प्रकारको क्रिम किन्नुभन्दा अघि त्यसमा दिइएको विवरण राम्रोसँग पढ्ने गर्नु पर्दछ। त्यहाँ लेखिएको एसपिएफले विशेष अर्थ राख्ने उनले बताए।

के हो सन्ब्लक क्रिममा लेखिएको ‘एसपिएफ’ ?
एसपिएफको पुरा रुप ‘सन प्रोटेक्सन फ्याक्टर’ हो। छालालाई घामबाट कति मात्रामा जोगाउन सक्ने तत्व छ भन्ने कुरालाई यसले अंकमार्फत जनाउँछ।  त्यसकारण सनब्लक क्रिममा लेखिएको ‘एसपिएफ’ र त्यसपछि त्योसँगै जोडिएर राखिएको दुई अक्षरको अंकले विशेष महत्व राख्दछ। सबैजसो क्रिममा लेखिएको एसपिएफ १५, २५, ५० जस्ता अंकले क्रिम प्रयोग नगरेको अवस्थामा भन्दा प्रयोग गर्दा हाम्रो छाला घामको विकीरणबाट त्यति नै गुणा ज्यादा सुरक्षित हुन्छ भन्नु हो।

डिटेलमा हेर्न यहाँ क्लिक गर्नुहोस

advertisement




0 comments

Post a Comment