केयरगिभरमा इजरायल जानका लागि १४ सय जनाको निवेदन
advertisement




काठमाडौ । केयरगिभरका रुपमा इजरायल जान १४ सय ८० जनाले आवेदन भरेका छन् । वैदेशिक रोजगार विभागले गत फागुन १८ गते आवेदन खुलाएयताको २१ दिनमा महिला र पुरुष गरी १४ सय ८० जनाले आवेदन भरेका हुन् ।

इजरायलले दोस्रो चरणमा ४८ जना महिला र १२ जना पुरुषलाई ५१ महिनाको श्रम सम्झौता गरी केयर गिभरका रुपमा लाँदै छ ।

आवेदन फारम भर्ने मध्ये महिला र पुरुषको संख्या भने यकिन हुन बाँकि छ । विभागकी निर्देशक रमा भट्टराईले महिला र पुरुषको संख्या यकिन गरी उनीहरुले बुझाएको एसएलसी र तालिमको प्रमाणपत्र रुजु गर्न १५ दिन लाग्ने बताए ।

उनले प्रमाणपत्र रुजु गरेर विभागले योग्य उम्मेद्वारको नामावली काठमाडौंस्थित इजरायली संस्था पिबामा पठाउने र पिबाले एक सय जनाको नाम छनोट गरेपछि विभागले अंग्रेजी भाषाको परीक्षा लिने बताए ।

विभागले आवेदन बुझाएकाहरुमध्येबाट ६० जनालाई असारको दोस्रो सातासम्म इजरायल पठाइसकिने बताएको छ ।

इजरायलले वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति र अशक्तहरुको स्याहारसुसार तथा रेखदेखका लागि पहिलो चरणमा गत साउन महिनामा ५९ जना कामदार लगेको थियो ।

advertisement




,

0 comments

Post a Comment